सर्लाही । सर्लाहीमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ ।
सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौट टोलका अन्दाजी वर्ष २५ वर्षीय किशन महरालाई विशेष सूचनाका आधारमा पक्राउ गरियको र उनको बयानका आधारमा अर्का १८ वर्षीय श्याम महरालाई पनि नियन्त्रणमा लिइएको सर्लाही प्रहरीले जनाएको छ ।
सर्लाही प्रहरीले बागमती नदीको किनारबाट एउटा कटुवा पेस्तोल बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भदौ ११ गते दिउँसो करिब ३ बजे भारतको सोनवर्षा तर्फबाट सर्लाहीको मलंगवा तर्फ बीआर ०६ डीएम ९५२३ नम्बरको मोटरसाइकल चढी आउँदै गरेका किशन महरालाई विशेष सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी निरीक्षक रवीन्द्र कार्कीको कमान्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरि कार्यालय सर्लाहीका सूचना अधिकारी एबंम प्रहरि नायव उपरिक्षक सरोज राईले बताए ।

सोधपुछका क्रममा किशनले आफूले बोक्ने गरेको हतियार बागमती नगरपालिका–४ जिरायत टोल बस्ने विनोद महराका छोरा वर्ष १८ वर्षीय श्याम महरालाई राख्न दिएको बताएका थिए । सोही बयानका आधारमा प्रहरीले श्याम महरालाई उनको घर ठेगानामा गई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले उक्त हतियार बागमती नगरपालिका–१२ स्थित बागमती नदीको बगरमा राखेको बताए । प्रहरीले तोकिएको स्थानबाट एक नाल कटुवा पेस्तोल बरामद गरेको जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई बिहीबार सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी हातहतियार तथा खरखजना मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एबंम प्रहरि नायव उपरिक्षक सरोज राईल जानकारि दिय ।




