सर्लाही ।
सलाहीको लालबन्दी नगरपालिकाको दुर्गम गाँउ नारायणखोलामा बर्खायाम सुरु भएसँगै यातायात ठप्प छन् । बाढीले खोलाको बाटो बिगारेपछि जिल्लाको चुरे भेगस्थित विकट क्षेत्रमा पर्ने नारायण खोला, शीर कालिञ्जोर, पिपल दमार लगायतका क्षेत्रमा यातायातका साधन अवरुद्ध भएका हुन् । यातायात नचल्दा दुर्गम भेगका स्थानीय किनमेलका लागि लालबन्दि बजार र औषधीउपचारका लागि अस्पतालसम्म जान घण्टौं पैदल हिँड्न बाध्यता रहेको शिरकालिन्जोर स्थानिय प्रकाश बिकले बताए ।
प्रत्येक बर्ष बर्खायाम सुरु भएसँगै सर्लाहीको उत्तरी चुरे भेगका गाँउमा यातायातको सेवा ठप्प भएको छ । सडक सञ्जालमा नजोडिएको चुरे भेगका दुर्गम गाउँ नारायणखोलामा हिउँदयाममा खोलाको बगरबाटै भएपनि बसहरु चल्ने गरेका थिए । तर बर्खायाम सुरु भएसँगै लालबन्दी बजारबाट चुरे भेगमा जाने बसहरु बन्द भएका छन ।
अरू बेला खोलाको बगरबाट मोटरसाइकल दौडिने गरे पनि बाढी आएकाले स्थानीयवासीसँग भएको मोटरसाइकल घरमै थन्किएको छ । अत्यावश्यक काम परेकाहरू बाढीमै हेलिएर पत्थरकोटसम्म आएर टेम्पो तथा अन्य सवारीमा लालबन्दी बजार झरिरहेका छन् । नारायण खोलाको माथिल्लो भेग अर्थात् सिन्धुलीको सीमा क्षेत्रमा पर्ने डाइनी शिर, मगने शिर, मत्से, कामिटारलगायतका ठाउँबाट पत्थरकोटसम्म पैदल हिँडेर आउनु परे चार घण्टाभन्दा बढी समय लाग्छ । नारायण खोलाको झैँ लालबन्दी नगरपालिकाको वडा नं. १५ मा पर्ने शिरकालिन्जोर, भित्री खोला, ईश्वरपुर नगरपालिकाको शिर फूलजोर, पिपलदमार, लामिदमार, सिस्नेखर्कलगायत क्षेत्रमा पनि खोलाबाट गाडी चल्न छाडेसँगै स्थानीयको दैनिकी कष्टकर बनेको नारायाण खोलाका शिक्षक नबराज उपाध्याय बताउ छन ।
जिल्लाको ईश्वरपुर नगरपालिका र लालबन्दी नगरपालिकाको चुरे भेगमा बर्खायाममा बर्सेनी यस्तो समस्या हुन्छ । गाडी नचल्दा बिरामी परेका बेला समस्या हुने गरेको छ । गाउँमा कोही बिरामी परे वा सुत्केरी भए झोलुङ्गोमा बोकेर स्वास्थ्य चौकी पु¥याउनुपर्ने बाध्यता छ । गाडी नचल्दा स्थानीयले गोठमा पालेको खसीबोका, कुखुरासहित अन्य कृषि उपज बिक्री गर्न पाएका छैनन् । पाखोबारीमा कोदो र मकै मात्रै फल्ने नारायणखोलामा लालबन्दी बजारबाटै चामल लानुपर्ने अवस्था रहेको वडा सदस्य बिज बाहादूर ब्लोनले बताए ।
चुरे भेगका स्थानीयवासीको मुख्य बजार लालबन्दी हो । गाडी नचल्दा अहिले नारायण खोलाका वासिन्दा लालबन्दी बजारसम्म आउन चार÷पाँच घन्टासम्म पैदल हिँड्नुपर्छ । पत्थरकोटदेखि लालबन्दीसम्म टेम्पु लगायतका अन्य सवारी चले पनि गाउँबाट पत्थरकोटसम्म आइपुग्न चार घन्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । चुरे क्षेत्रवासीलाइ अहिले घाँस दाउरा मेलापात गर्न समेत अप्ठ्यारो परेको छ । बर्षा भएसँगै पिउने पानीको मुहान बाहिरी पानी पसेर दूषित भएको छ ।
लालबन्दी नगरपालिकाको अति दुर्गम र विकासको मुख नदेखेको नारायण खोला ५० दशमलव १४ वर्ग किलो मिटरको रहेको छ । खोलाको बगरबाट आउजाउ गर्नुपर्ने नारायणखोला क्षेत्रमा वर्षायाममा खोला बाढी आउँदा पैदल यात्रा गर्न पनि सकिदैन । नारायण खोलाबाहेक चुरे क्षेत्रका ईश्वरपुर नगरपालिका–१२ र लालबन्दी नगरपालिका– १५ र १४ का चूरे भेगका बस्तीहरुमा यातायात ठप्प छन् ।
लालबन्दी नगरपालिकाले वडा नं. १४ नारायणखोलासम्म सडक पु¥याउन वडा नं. १३ स्थित पत्थरकोट छेडा गाउँदेखि नारायण खोलाको साबिक गाविस कार्यालय रहेको मोटरदोभान नजिक सानो काप्लेसम्म ट्रयाक सडक पुर्याएको भय पनि पूल सम्र्पन नहूदा बाटो संचालन हून नसकेको लालबन्दी १४ नारायण खोलाका अध्यक्ष छेनाम सिंङ घिसिङ बताउ छन । यो वर्ष मोटरदोभानसम्म नै सडकको ट्रयाक पु¥याउने र पूल निमार्ण हूने गरी बजेटको व्यवस्था गरिएको र पूल निमाण सम्पन भय पछी नारायान खोला बासिलाइ मोटरदोभान सम्म बाटो पूग्ने वडाध्यक्ष घिसिङले बताए ।




