सर्लाही । अखिल नेपाल खेलकुद महासंघको मधेस प्रदेशको प्रथम सम्मेलन सप्पन्न भएको छ । सर्लाहीको लालबन्दी युनाइटेड होटेलको सभा हलमा विशेष कार्यक्रम गरि नेपाल खेलकुद महासंघको मधेस प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको हो ।
नेकपा (माओवादी केन्द्र) पार्टीका केन्द्रिय उपमहासचिब तथा मधेस प्रदेशका ईन्चार्ज मातृका यादबको प्रमुख आतिथ्यमा मुकेश साहको नेतृत्वमा एकतीस सदस्यीय गठन गरिएको हो । अध्यक्षमा मुकेश साह (बारा) उपाध्यक्षमा रन्जित साह (सर्लाही), उपाध्यक्षमा प्रभाकर गुप्ता (पर्सा),कोषाध्यक्षमा समिला यादव (सप्तरी), सचिनमा ध्रुव मोक्तान (सिराहा), सहसचिवमा टिमध्वज मिरिङ्सिङ (महोत्तरी) चयन भएका छन ।
राखेप पुर्व सदस्य सचिव तथा अखिल नेपाल खेलकुद महासंघका पुर्व अध्यक्ष युवराज लामा,अखिल नेपाल खेलकुद महासंघका सह-अध्यक्ष जनक वर्तौला, अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष गजेन्द्र वहादुर खपाङगी ‘ईश्वर’ को उपस्तिथिमा पार्टीका केन्द्रिय नेताहरु र जिल्ला ईन्चार्जको पनि उपस्थिति रहेको थियो ।
बन्दसत्रमा केही बिबाद रहे पनि अन्तमा सहमति मै पधाधिकारी चयन भएका थिए । लालबन्दी १६ का वडा अध्यक्षले गणेश थापाले
निर्वाचन समितिमा अध्यक्षको भुमिका निभाउनु भएको थियो । सौहार्दपुर्ण बाताबरणमा कार्यक्रम सफल भएकोमा जिल्ला अध्यक्ष उमेश देबकोटाले सबैलाई धन्यवाद दिनु भयो भने नब निर्वाचित पदाधिकारीहरुलाई केन्द्रिय अध्यक्ष शिव कोइराला (ज्वाला) ले सपथ ग्रहण गराएका हुन ।







