सर्लाही । नर्सरी व्यवसायी संघ सर्लाहीको पहिलो साधरण सभा लालबन्दिमा सम्पर्न भयको छ । नर्सरी व्यवसायी संघ सर्लाहीको पहिलो साधरण सभाले मोहन बस्नेतको अध्यक्षमा नै सदस्यीय कार्यसमिति चयन गरेको छ । गत बर्ष स्थापना भएको नर्सरी व्यवसायी संघ सर्लाहीकोे अध्यक्षमा पुनः मोहन बस्नेत निर्बिरोध चयन भएका हुन भने सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका छन् । अध्यक्षमा बस्नेत उपाध्यक्षमा लक्ष्मी प्रसाद गौतम सचिबमा बाल मूकून्द खड्का कोषाध्यक्षमा मन्जू कूमारि साह सदस्यहरुमा राम गणेश महतो,निरन्जन मैनाली,मन्टूरिया देबि पासवान , राम बिनय साह नर्सरी व्यवसायी संघ सर्लाहीका जिल्ला कार्यसमितिमा निर्बिरोध चयन भएका छ्न ।
निर्बिरोध चयन भएपछि अध्यक्ष बस्नेतले सर्लाही नर्सरी व्यवसायीलाइ एकजुट बनाइ व्यवसायिक हकहित, निति निर्माण नर्सरी तालीम तर्फ पहल गर्ने र अधिकार र सुरक्षाका लागि नर्सरी व्यवसायी संघका सर्लाही लागी पर्ने अध्यक्ष बस्नेतले बताउनू भयो । बस्नेतले लामो समय देखी नर्सरि व्यवसायी हुन् ।
संघको पहिलो साधारण सभालाई उद्घाटन गर्दै लालबन्दि नगरपालीका वडा नम्बर ५ का अध्यक्ष मिन प्रसाद ढूङ्गेल नर्सरी व्यवसायीहरुको हितको लागि स्थानिय तहले निति निर्माणको एजेन्डामा पहल गर्ने बताउ । नर्सरी व्यवसायीहरुको हितका लागी पहिला स्थानिय तहले नीति निर्माण बनाउन आवश्यक छ । नर्सरी ब्यवसायलाई बिस्तार गर्न तिनै तहको सरकार र ब्यवसायीहरु लाग्नुपर्नेमा जोड दिएका थिए ।
संघको पहिलो साधारण सभामा सर्लाही जिल्लाका सम्पूर्ण नर्सरी व्यवसायीहरुको उपस्थिती रहेको अध्यक्ष बस्नेतले बताउनू भयो । नर्सरी व्यवसायी संघ सर्लाहीको पहिलो साधरण सभा सर्लाहीको लालबन्दि ५ मा रहेको गृष्मा नर्सरीमा सम्पर्न भयको नर्सरी व्यवसायी संघ सर्लाहीका उपाध्यक्षमा लक्ष्मी प्रसाद गौतमले बताए ।




