सर्लाही ।
सर्लाहीको लालबन्दिमा बत्ती जान अलिकती हुरी चल्यो, पानी प¥यो वा रूखको हाँगा भाँचियो भने बत्ती गै हाल्छ । सर्लाहीमा बत्ती जान कूनै ठूलो कारण चाहिंदैन । बस्, झरी परे पुग्छ, रुख ढले पुग्छ । एक आधा घण्टामा झ्याप्प झ्याप्प बत्ती जान्छ । घरि मिनेटै पिछे घरि मिनेटमा २ चोटीसम्म लाइन कट्छ । घरि तुरुन्त आउँछ घरिघरि एक आधा घण्टासम्म फर्कंदैन लाइन ।

चर्को गर्मीको बेला कहिले दिनभर बत्ती हुँदैन, त कहिले रातभर । लाइन हुन्छ, तर लाइन जाने आउने टूगो हुँदैन । कूनै बेला फ्यान घुम्दैन, फ्रिज पनि चल्दैन । उकुसमुकुस भयर बस्नू पर्ने हून्छ । सर्लाहीमा विद्युत अनियमित हुँदा उपभोक्ता आजित बनेका छन् । यसबाट भएको हैरानी सामान्य छैन । सर्लाहीमा विद्युत् आपूर्तिमा भएको चरम अनियमितताले पछिल्लो एक महिनायता जिल्लावासी कष्टकर जीवन ज्युँन बाध्य छन् ।
बत्ती कट्नेबित्तिकै नेपाल विद्युत् प्राधिकरण लालबन्दि वितरण केन्द्रको फ्युज सेवामा फोन गरेर विद्युत् जानुको कारण सोध्न खोज्दा धेरैजसो फोन व्यस्त रहन्छ भने आक्कल झुक्कल घण्टी गइहाले पनि २÷४ पटक डायल नगरेसम्म हतपत उठ्दैन । फोन उठिहाले तयारी जवाफ आउँछ । माथी बाट गयको छ एकछीनमा आउछ । सिस्टम फेल भएको छ केहीबेरमा आउँछ । हामी बूझ्दै छौ भनेर फोन काट्छन ।

बिजुली पटकपटक काटिने समस्या लालबन्दिमा मात्रै होइन संदरमूकाम मंलगवा बरहथबामा पनि पनि बिजुली काटिने समस्याले स्थानीय हैरान भयका छन । सर्लाही मलंगवामा पटक पटक बिजुली आउनेजाने गर्छ । बिजुली बती जान सर्लाहीे जिल्लाकै ठूलो समस्या हो । विद्युत प्राधिकरण पूर्वतयारीमा कत्ति गम्भीर देखिएन, मर्मत सम्भारलगायतका अन्य कार्यहरूले गर्दा यस्तो गर्मीमा विद्युत अनियमित हुनु अत्यन्तै दुःखद हो । नेपाल विद्युत् प्राधिकरणले देशलाई ‘लोडसेडिङ मुक्त’ घोषणा गरिसकेको भए पनि सर्लाहीमा भने नियमित विद्युत् अवरोधले जनता मारमा पर्नु परेको छन् ।
यता विद्युत प्राधिकरण भने सर्लाहीमा सेवाग्राहीले भने जस्तो अवस्था नरहेको बताउँछ । वर्षातको समय भएकाले हावाहुरी आउने गर्दा विभिन्न ठाउँका पोलहरु ढल्ने,बिजुलीका पोलहरुमा रुख ढल्ने जस्ता प्राविधिक समस्याका कारण बत्ती झ्याप्प झ्याप्प हुने गरेको र विभिन्न प्राविधिक कारणले कुनै ठाउँको बिजुली बिग्रिएको हुन्छ । कुनै ठाउँमा बिजुली बिग्रियो भने कहाँको लाइन हो पत्ता लगाउने प्रविधि हामीसँग छैन नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख त्रिभुवन यादव बताउ छन । समस्या आएको ठाउँ पत्ता लगाउन सबै ठाउँको बत्ती अन÷अफ गरेर चेक गर्नुपर्ने हुन्छ । त्यसले गर्दा लाइन आउने जाने भएको भन्दै पन्छिने गरेका छन ।




