प्रेमनाथ पौडेल
सर्लाहीको हरिवन मा “वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार, समावेशी सुशासन र हरित समृद्धि” भन्ने मूल नारासहित स्थानिय बन ऐन तथा कार्यविधि सम्बन्धी एकदिने छलफल गोष्ठी सम्पन्न भएको छ।

सामुदायिक बन उपभोक्ता माहसंघ सर्लाही को आयोजना मा गोष्ठी सगुन सहकारी को सभाहल मा सम्पन्न गरिएको हो ।
माहसघ का जिल्ला अध्यक्ष सिताराम पोख्रेल को अध्यक्षता एवम हरिवन नगरपालिका की उप प्रमुख हरिमाया घलान को प्रमुख आतिथ्यता मा भएको कार्यक्रममा सामुदायिक बन र बनको क्षेत्रमा कलम चलाएर नागरिकलाई सचेत बनाउन विशेष योगदान पुर्याएको भन्दै पत्रकार प्रेमनाथ पौडेल र बालगंगा सामुदायिक बनका अध्यक्ष गोबिन्द जर्घालाई ढाका टोपी र खादा ओढाएर सम्मान गरिएको हो।
सम्मान महासंघका अध्यक्ष सिताराम पोख्रेल र हरिवन नगरपालिकाकी उपप्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि हरिमाया घलानले संयुक्त रुपमा गरेका थिए।

गोष्ठीमा बहुसरोकार मञ्च बागमती नगर समिति संयोजक बिनिता दाहाल, स्थानिय बन उपभोक्ता माहसंघ हरिवन नगर अध्यक्ष केशव गौतम, सल्लाहकार संयोजक माधव थापा लगायतले ऐन, कार्यविधि, अनुगमन, कुटिर उद्योग, आर्थिक उपार्जन तथा युवालाई रोजगारीमा जोड्ने विषयमा धारणा राखेका थिए।

प्रमुख अतिथि घलानले “बन रहे मात्रै जीवन रहने भएकाले दिगो बन बनाउन सामुदायिक बन उपभोक्तामार्फत नगरपालिकाले वार्षिक बजेट सहित आवश्यक सहयोग गर्ने” प्रतिबद्धता व्यक्त गर्नुभयो।

महासंघका अनुसार हरिवन नगरपालिका जिल्लामै पहिलो पटक स्थानीय बन ऐन निर्माण गर्ने नगरपालिका बनेको छ। हालसम्म २६ वटा सामुदायिक बन उपभोक्ता समूह दर्ता तथा प्रस्तावित अवस्थामा रहेका छन्। कार्यक्रममा बन प्राविधिक विनय यादवले बन ऐन तथा कार्यविधि सम्बन्धी प्राविधिक जानकारी दिएका थिए ।




