सर्लाही ।
सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायणखोला सडक सञ्जालमा नजोडिएको सर्लाहीको एक मात्रै वडा हो । यो वर्ष दशैँका बेला समेत बस नचल्दा नारायणखोलाका स्थानीयले बजार आएर किनमेल गर्न पाएका छैनन् ।

नारायणखोलामा असार देखी ठप्प यातायात संचालन भएकोे छैन । बर्खायाम सुरु भएसँगै सर्लाहीको उत्तरी चुरे भेगका गाँउमा यातायात ठप्प भएका थियो । बाढीले खोलाको बाटो बिगारेपछि जिल्लाको चुरे भेगस्थित विकट क्षेत्रमा पर्ने नारायण खोला, शीर कालिञ्जोर, पिपलदमार लगायतका क्षेत्रमा यातायातका साधन अवरुद्ध भएका हुन् ।
दुर्गम भेगका स्थानीयहरु हिजोआज किनमेलका लागि बजारसम्म र औषधोपचारका लागि अस्पतालसम्म जान घण्टौं पैदल हिँड्न बाध्य छन । नारायणखोला बासी दशैँमा पनि यातायात संचालन नहूने भयको छ ।
सडक सञ्जालमा नजोडिएको चुरे भेगका दुर्गम गाँउमा लालबन्दि १४ नारायण खोलामा हिउँदयाममा खोलाको बगरबाटै भएपनि बसहरु चल्नेगरेका छन् । खोलामा बाढी आउन सुरु भएसँगै लालबन्दी बजारबाट चुरे भेगमा जाने बसहरु बन्द भयका स्थानिय बिकास तामाङ्गले गूनासो गर्नू भयो ।
दशैँअघि बस सञ्चालन गर्ने तयारी भएपनि पनि परिरहेकाले बाढी आएर खोलाको बाटो भताभुङ्ग पारेकाले स्थानियहरु बताउ छन । अहिले खोलामा पानी घटेपछि बाटो मर्मतको काम अघि बढाइएको छ ।
नारायण खोलावासी दशैँ नजिकिरहेका बेला बस सञ्चालन नहूने होकी भन्नेर चुरेभेगका स्थानीयवासी निरास बनेका थियो । लालबन्दी नगरपालिकाको वडा नं. १४ मा पर्ने साबिकको सिंगो नारायण खोलाबाट पत्थरकोट सम्म आउँदा बर्खायामा खोलाको बगरकै बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहि आयको छ । गाडी नचल्दा नारायण खोलाको माथिल्लो भेगका वासिन्दा लालबन्दी बजारसम्म आउन चार÷पाँच घन्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता रहेको गंगा मगरले बताए । बर्खायाम सुरु भए पछी पत्थरकोटदेखि लालबन्दीसम्म टेम्पु लगायतका अन्य सवारी चले पनि नारायणखोलाबाट पत्थरकोटसम्म आइपुग्न चार÷पाच घन्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ ।
गाडी नचल्दा नारायणखोलाको माथिल्लो भेग अर्थात् सिन्धुलीको मरिणसँग सीमा जोडिएको गाउँका वासिन्दालाई पत्थरकोटस्थित छेडा गाउँसम्म आउन चार÷पाच घण्टा भन्दा बढी समय पैदल हिँड्नुपर्ने बाध्यता छ । मुख्य चाड दशैँका बेला गाडी नचल्दा स्थानीयले गोठमा पालेको खसीबोका, कुखुरासहित बनार ल्याउन धेरै कस्ट हूने गरेको स्थानिय बताउ छन । पाखोबारीमा कोदो र मकै मात्रै फल्ने नारायणखोलामा दशैँ मनाउनका लागि लालबन्दी बजारबाटै चामल लानुपर्ने अवस्था रहेकोले स्थानीयले बताएका छन् । नारायणखोलामा हिउँदका केही महिना खोलाको बगरबाट बस सञ्चालन हुने गरेका छन् । यस बर्ष जेष्ठ दोस्रो साता यातायात ठपप भयको थियो । फूलपातीको दिन देखी संचालन हूने गरि बाटो बनाउने काम सूरुगरियको र ठूलो पानी नआय बाटो संचालन हूने लालबन्दी १४ नारायणखोलाका वडा अध्यक्ष छेनाम सिंङ घिसिङले बताए ।
लालबन्दी नगरपालिकाको अति दुर्गम र विकासको मुख नदेखेको नारायण खोला ५० दशमलव १४ वर्ग किलो मिटरको रहेको छ । खोलाको बगरबाट आउजाउ गर्नुपर्ने नारायणखोला क्षेत्रमा वर्षायाममा खोला बाढी आउँदा मानिसको आउजाउ र यातायात सम्म ठप्प हुन्छ । नारायण खोला क्षेत्रमा अहिले पनि सञ्चारका कुनै पनि साधनहरुको सहज पहुँच छैन् ।




