प्रेमनाथ पौडेल, सर्लाही । काठमान्डौ निवासी एक दम्पती परिबार ले सर्लाही को हरिवन मा रहेको एक बिधालयको भौतिक संरचना मा आर्थिक टेवा पुर्याउदै बिबाह बर्ष उत्सब मनाएका छन ।

काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ निवासी श्री अर्जुन प्रसाद ढुङ्गेल र आदरणीया श्रीमती शुशिला ढुङ्गेल खतिवडाले आफ्नो २८औं वैवाहिक वर्षगाँठको अवसर अर्थपूर्ण तरिकाले मनाउँदै सर्लाहीको हरिवनस्थित समता एजुकेशन फाउन्डेशनद्वारा सञ्चालित समता विद्यालयको भौतिक संरचना विकासमा टेवा पुर्याएका हुन ।
ढुङ्गेल दम्पतीले हरिवन नगरपालिका का नगर प्रमुख रमेश बुढाथोकी कमल को प्रमुख आतिथ्यता मा एक कार्यक्रम का बिच विद्यालयको एक कोठामा रु. ३०,००० (तीस हजार) बराबरको फाल्स सिलिङ जडान गराई विद्यालयको भवन सुदृढीकरणमा सहयोग पुर्याएका बैबाहिक बार्षिक उत्सब मनाएका हुन्।

यस अवसरमा आयोजित विशेष समारोहमा समाजसेवी दम्पतीप्रति विद्यालय परिवारले हार्दिक आभार प्रकट गर्दै उहाँहरूको दाम्पत्य जीवन सधैं सुखमय, स्वस्थ र समृद्ध रहोस् भन्ने शुभकामना व्यक्त गरियो। साथै, सामाजिक कार्यप्रति उहाँहरूको लगाव र योगदानको उच्च प्रशंसा पनि गरिएको छ।

समाजसेबि डाकुर नाथ खतिवडा को अध्यक्षता मा भएको बैबाहिक बर्ष उत्सब कार्यक्रम मा बिशिस्ट अतिथि हरिवन नगरपालिका की उपप्रमुख हरिमाया घलान पूर्व मधेस प्रदेश सदस्य डिल्लि प्रसाद उप्रेति, हरिवन नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रज्वल ढुङ्गेल, तथा सामाजिक व्यक्तित्व चुडामणि वाग्ले, केशव ढकाल, अर्जुन पन्त कृष्णप्रसाद भट्टराई, ङ्मिन्द्र घिमिरे, सुरेश भट्टराई, कुलप्रसाद खतिवडा लगायत ले उज्वलमय दाम्पत्य जिबन को कामना सहित सामाजिक कार्यको प्रसंसा गरेका थिए ।
कार्यक्रमको सञ्चालन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकदेव कार्कीले गर्नुभएको थियो।

यसै बिच समता विद्यालय परिवारले सहयोगी ढुङ्गेल परिवार तथा उपस्थित सम्पूर्ण अतिथिहरूप्रति हार्दिक धन्यवाद प्रकट प्रदान गरेको छ ।




