सर्लाही । ट्राफिक प्रहरी कार्यालय मंलगवाले पछिल्लो समय ट्राफिक व्यवस्थापनको कार्य भन्दा पनि अवैध रकम असुलीतिर बढी ध्यान दिने गरेको पाइएको छ ।
सर्लाहीको मंलगवाको ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको नाममा अबैध रकम असुली गरिरहेको पाइएको छ । ट्राफिक प्रहरी कार्यालय मंलगवाका ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको नाममा अबैध रकम असुल्ने गरेको पाइएको हो ।
ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचमा नाममा सर्वसाधारणलाई अनावश्यक दूख्ख दिने गरेका चालकहरु बताउ छन । ट्राफिक प्रहरी कार्यालय मंलगवाका हप्ता तथा महिनावारी तिर्ने ठूलो सवारी साधनसँग अबैध रकम असुल्ने गरेको मंलगवा चालकहरु बताउ छन ।
मंलगवा ट्राफिकमा सहि रबिन्द्र खडका गय देखी नै उनि रकम असूलीमा लागेको आरोप लाग्दै आयको छ । सहि खडका महिना नबित्दै ट्राफिक प्रहरिलाई महिना बारि रकम नदिए चेकजाँचको क्रममा सबै कागजपत्र हुँदा पनि दूख्ख दिने गरेको मंलगवाका यातायात ब्यबसाई बताउ छन । मंलगवा ट्राफिक सहि रबिन्द्र खडका गय पछी ट्राफिक प्रहरिका सहायक हबल्दार सचिन्द्रर यादब खडका का बिस्बासका प्रात्र हून उनले तीनपाङ्ग्रे अटोदेखि मालवाहक ट्रक व्यावसायिसँग प्रति सवारी साधन महिनाको १ हजार देखि १०हजार सम्म महिनावारीकै रुपमा अबैध रकम असुली गर्ने गरेको नाम नखोल्ने सर्तमा एक यातायात व्यवसायीले बताए । ट्राफिक सहायक हबल्दार सचिन्द्रर यादबले भारतीय सबारि साधन बाट रकम असूली गरेको भारतीय मोटरसाइकल चालकहरु बताउ छन ।
व्यापक असुलि गरेको गुनासो बढेपछि सरकारले विद्युतिय भुक्तानी प्रणालि लागु गरे पनि सर्लाहीको मंलगवामा ट्राफिक प्रहरीको असुलि धन्दा अझै रोकिन सकेका छैन ।
नबलपूर मंलगवा सडक खन्ड र हूलाकी राजमार्गमा चल्ने हल्का यात्रुवाहक सवारी साधान (म्याजिक, बस), बजार क्षेत्रबाट गाउँ पुर्याउने तीन पाङ्ग्रे सवारी साधान,अटो, ओभरलोड बोक्ने ट्रक–टिफर, ट्याक्टरहरुसँग मंलगवामा ट्राफिकको मासिक असुलि गर्ने प्रकृया अझै नरोकिएको मंलगवाका व्यसायीहरु बताउँछन् । मंलगवा ट्राफिक प्रमूख भयर सहि रबिन्द्र खडका गय पछी मंलगवाका यातायात ब्यबसाईले सधै दूख्ख मात्र पाइ रहेको बताउ छन ।
म्याजिक र अटोले क्षमताभन्दा बढी बोक्न पाउने सुविधा बापत व्यवसायी संघबाटै प्रत्येक महिनामा एक मूष्ट रकम जाने गरेको नाम नबताउने सर्तमा एक सवारी संघका पदाधिकारीले बताए । उनले भने, ‘यसरी नै चल्दै आएको छ । दक्षिण नटक्र्याए विभिन्न बाहानामा दुख दिने गर्छ । त्यसैले पनि सवैबाट थोरै थोरै उठाएर हामीले मंलगवा ट्राफिकलाई मात्र होइन जिल्ला ट्राफिक प्रहरि कार्यालय सर्लाहीलाई नि दिने गरेका छौ एक संघका पदाधिकारीले बताए । सर्लाही ट्राफिक प्रहरीले अटो र म्याजिकलाई खासै कार्बाही गरेको पाइदैन ।
यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमूख ट्राफिक प्रहरी निरिक्षक रजोस घिमीरेले भने राजश्व नकाटी ट्राफिकले रकम लिएको प्रमाण पाइएमा कारबाही गर्ने भन्दै सहि खडका र सहायक हबल्दार यादबको बचाउ गरे । सर्लाहीमा दिनहुँ ठूलो संख्यामा सानोदेखि ठूलो गाडीहरु क्षमता भन्दा बढी लोड गरि हिँड्ने गरेको भए पनि रकम दिए पछि उनीहरुलाई ट्राफिकले छाड्ने गरेको चालकहरुको आरोप छ ।
तर यता मंलगवा ट्राफिक प्रमूख सहि रबिन्द्र खडकालाई सोध्दा मासिक असुलि नगरेको दूख्ख समेत नदियको र रकम समेत नलियको भन्दै पन्छिय सही खडकाले सो बिसयको समाचार नलेखी दिन र जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमूख ट्राफिक प्रहरी निरिक्षक रजोस घिमीरेलाई नभनिदीन समेत आग्रह गरे ।




