भाइ टिकाको दिन
फेसबुकको भित्ताहरु रङ्गिएका छन।
कतै श्रद्धा सुमनको शब्दहरुले त
कतै समबेदनाका शब्दहरुले ।
कतै तिम्रो खुसियालीका शब्दहरुले।।
मैले पनी अन्तरआत्मा देखि
मानव र मानबताको नाताहरुले
जातियता र राजनितिक सुन्य शून्य मस्तिष्कबाट
श्रद्धाञ्जली दिदैछु ।
हो प्रकाश दाजु श्रद्धाञ्जली तिमिलाई ।।
मेरो श्रद्धाञ्जलीका शब्दमा जातियताको रागहरु छैन।
राजनिती र दुस्मनिका दुर्गन्धहरु छैन।
छन त केबल मानव मनका समबेगहरु छन।
मानबताका भाबहरु छन…श्रद्धाञ्जली प्रकाश दाजु तिमिलाई।।
एक गुनासो छ प्रकाश दाजु हजुरसङ्ग।
सत्र हजार जनताहरु मर्दा तिमी किन मरेनौ ?
ती तमाम सहिद हरुको सुचिभित्र तिमी किन परेनौ।
भन त प्रकाश ..?
भुमिगत नेताहरुका छोराछोरी अमेरिका,अस्ट्रेलियाको
युनिभर्सिटीमा तिमी किन पढेनौ ?
चिसो बन्दुक बोकेर अजङ्गको जङ्गल अनि
ती अरुण तमोर किन तर्यौ ?
आखिर तिमि पनि नेता कै छोरात थियौनी हैन ।।
यहि गल्तिभ यो प्रकाश तिमीबाट ,
ति समय तिमी मर्दो हो त सहिदहरुको नाम राजपत्रमा
तिम्रो नाम अङ्कित हुदो हो त वर्षमा एकचोटि त सम्झन्थे,
सहिदहरुको नाममा एकचोटि त दियो जलाउथे
यी मानबता हराई सकेको मन मस्तिष्क र हातहरुले
जुन तिम्रो अबसानमा उत्सव मनाईरहेका छन।।
आज तिमी अस्तायौ, भोलि म अस्ताउने छु ।
पर्सि यी जमातहरु अस्ताउने छन।
फरक कोहि ढिलो अनि कोहि छिटो मात्रै हो।
ध्रुवसत्य त जन्म र मृत्यु मात्र न हो ।।
सन्तोष मान प्रकाश जहाँ छौ तिमी
सबै सबै आउने छन भोलि चाहे स्वर्गमा होस या त नर्कमा ।
फेरी पनी श्रद्धाञ्जली प्रकाश तिमीलाई।।
# भोजपुरे सरिना हाल: भक्तपुर.




