सर्लाही जिल्लास्थित विभिन्न नाकाबाट अवैधरुपमा भारतीय सामाग्रीहरुको चोरी निकासीमा बृद्धि भएको छ । तस्करहरुको बढ्दो प्रभाव र सक्रियताका कारण यस क्षेत्रका विभिन्न नाकाबाट ब्यापक तस्करी भएको हो । सर्लाही जिल्लास्थित संग्रामपुर, फेनहारा, बलरा, बहादुरपुर, छतौना पर्सा, त्रिभुवननगर भाँडसर, फेन्हारा र बलरा नाकाबाट दिनहुँ भारतीय सामग्रीहरुको चोरी निकासी हुन थालेको छ । भन्सार छलेर ल्याइने यस्ता भारतीय सामग्रीहरुमा छड, सिमेन्ट, चिनी, तेल, चामल, मलखाद्य, धान, स्पेयर पार्टस्, कुखुराका चल्ला, अण्डा, कस्मेटिक तथा खेलकुदलगायतका सामग्रीहरु रहेका छन् । तस्करहरुले भने नेपालबाट भारततर्फ सुपारी, मरिच, मदिरा, अलैंची र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरु चोरी निकासी गर्दै आएका छन् ।
तस्करहरुले दिनहुँ खुलेआम भारतीय सामग्रीहरु अवैधरुपमा नेपाल भित्र्याउने गरेका कारण सरकारलाई प्राप्त हुने करोडौं रुपैयाँ राजस्व चुहावट भइरहेको छ ।
जेनजीले भ्रष्टाचार, तस्करी र बेथितिका बिरुद्ध आन्दोलन गरी सरकार परिवर्तन गरे पनि सर्लाहीमा जिल्लास्थित संग्रामपुर, त्रिभूबननगर, सखुअवा, फेनहारा, छतौना,मधूबन्नी ,बलरा, बहादुरपुर, छतौना पर्सा, त्रिभुवननगर भाँडसर, फेन्हारा र बलरा नाका र गूल्म सिमराबाट भन्सारछली चोरी तस्करी नियन्त्रण हुनसकेको छैन, बरु झन् बृद्धि भएको छ ।
भ्रष्टाचार र तस्करी नियन्त्रण गर्ने र राजस्व असुली बृद्धि गर्ने जेनजीको बिद्रोहपछि बनेको सरकारको नीतिलाई मातहतका निकायले नै पालना गर्न नसकेको सीमाबाट हुँदैआएको तस्करीले पुष्टि गर्दछ । सशस्त्र प्रहरिका हेडक्बाटरका घूमूबा ससत्र प्रहरि हबल्दार राजिब यादब , छिन्नमस्ता बाहिनी बर्दिबासका सशस्त्र प्रहरिका घूमूबा साहायक हबल्दार सन्तोस यादब, सशस्त्र प्रहरि जबान सूजित ठाकूरर सूनिल यादबको मीलेमहतोमा सर्लाही तस्करी भैरहेको छ ।
सीमा नाकाको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपालले अवैध रुपले आयात निर्यात गर्ने मालसमान पक्राउ गर्न सक्ने प्रावधान रहेपनि आफ्नो पदको दुरुपयोग गर्दै सीमा नाकाबाट तस्करीको कार्य सुचारु गराएको बुझिन्छ । सर्लाहीको संग्रामपुर, त्रिभूबननगर, सखुअवा, फेनहारा, छतौना,मधूबन्नी ,बलरा, बहादुरपुर, छतौना पर्सा, त्रिभुवननगर भाँडसर, फेन्हारा र बलरा नाका र गूल्म सिमराहुदै दिनहुे मालसामान ससत्र प्रहरिका मीलेमहतोमा अवैध रुपले आयात निर्यात हुने गरेको स्थानीयले बताएका छन ।
कुखुरा ,खाने तेल, मैदा ,जिरा ,चामल,मटर,धनिया,कपडा,कबाड,राजनिबास,रज्निगन्धा,सूर्ती,चिनि,भारतीय चिसो पिय पर्दाथ,अन्डा,रेडबूल,हाडबेयरका सामान ,लगायतका सामान नेपाल ल्याउने गरेका छ । सर्लाहीमा जिल्लास्थित संग्रामपुर, त्रिभूबननगर, सखुअवा, फेनहारा, छतौना,मधूबन्नी ,बलरा, बहादुरपुर, छतौना पर्सा, त्रिभुवननगर भाँडसर, फेन्हारा र बलरा नाका र गूल्म सिमरा तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गयको छ ।
नेपालमा एउटा उखान छ “जुन गोजी आए कानै चिरेको” भने झै सर्लाहीका सुरक्षा निकायका जुन प्रमुख आएपनी तस्करी कार्य रोकिएका छैनन् । पछिल्लो समयमा सर्लाहीमा तस्करी कार्य मौलाउदै गएका छ । तस्करीले आफनो रेकर्ड आफैं तोडिदै पछिल्लो समय सर्लाही तस्करीको अखडा बन्दै गएको छ ।
तर यता सो बिसयमा सर्लाहीका ससत्र प्रहरि प्रमूख ससत्र प्रहरि उपरिक्षक देबी बाहादूर चन्द्रले कूनै गूल्म र बिओपी प्रमूख तस्करहरुसङ्ग मीलेर तस्करि गरायको थाहा पाय बा भेटे ससत्र प्रहरि नियमाबली अनूसार र्काबाहीहूने बताए । ससत्र प्रहरि उपरिक्षक चन्द्र सर्लाही आय देखी नै तस्करहरुको जालो उखेल्न लागी परिरहेका छन । ससत्र प्रहरि उपरिक्षक चन्द्र सर्लाहीमा आय देखी सर्लाहीका तस्करहरुको रुवाबासी नै बनायका छन ।




