सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका भरिका सामुदायिक विद्यालयमा आज एक दिन शोक बिदा दिइएको छ ।
लालबन्दी नगरपालिका १० स्थित माध्यमिक विद्यालय चन्द्रपुरमा कार्यरत शिक्षक पशुपति अधिकारीको निधनमा दुःख व्यक्तगर्दै नगरपालिका कार्यालयले एक शोक वक्तव्य जारी गर्फै आज सामुदायिक विद्यालयहरुमा शोक बिदा दिएको हो । आज बिहान विद्यालय पुगेका शिक्षक विद्यार्थी मौनधारण गरेर घर फर्किएका छन् ।
लालबन्दी ९ बस्तीपुर निवासी अधिकारी चन्द्रपुरको उक्त विद्यालयमा २०६१ सालदेखि कार्यरत रहेका थिए । किडनी सम्वन्धी रोगबाट ग्रसित शिक्षक अधिकारीको हिजो बिहान निधन भएको शोक वक्तव्य लेखियको छ ।
२१ वर्षदेखि विद्यालयमा शिक्षण गराउँदै आएका शिक्षक अधिकारीको निधनमा लालबन्दी नगरपालिकाका शैक्षिक क्षेत्रले दुःख व्यक्त गर्दै आज बिहान उनको तस्बीरमा माल्र्यापण र मौनधारण गरिएको माध्यमिक विद्यालय चन्द्रपुरका अध्यक्ष उदय पाख्रिनले बताए ।
लालबन्दी नगरपालिका १० स्थित माध्यमिक विद्यालय चन्द्रपुरमा कार्यरत शिक्षक पशुपति अधिकारीको निधनमा लालबन्दी नगरपालिकाले दुःख व्यक्त गर्दै आज एक दिन शोक बिदा दियको लालबन्दी नगरपालिकाले जनायको छ ।
शोक वक्तव्य ……




