भक्ती रिजाल
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १ र २ मा पर्ने हजरिया आलु र मकै खेतीमा देशैभरी प्रसिद्द छ । बिश्व मान चित्रमा कृषि उत्पादन मार्फत नाम कमाएको भारतको पंजाब संगै तुलना गरेर होला सर्लाहीको हजरियालाइ पनि उत्पादनको दृस्ठिकोणले दोश्रो पंजाब पनि भनिन्छ ।
यतिबेला हजरियाका फाँटिला जमिनहरुमा आलु र मकै बाहेक केही देखिन्न । मिलेका खेतका फाँटहरुमा एकनासले लहरिरहेका खेती देखदा साच्चै स्वर्गको टुक्रा धरतीमा झरेको आभास हुन्छ ।
मनै लोभ्याउने आलु र मकैका फाटहरुमा काम गरिरहेका हजरियाका कर्मशिल किसान यादब वाग्ले भन्छन् “अझ प्रबिधिको प्रयोगको सहजता र पानीको पर्याप्तता हुने हो भने हाम्रो हजरियाले संसारलाई लोभ्याउने हैसियत राख्छ ।
मिलेको जमिन, मलिलो माटो तथा वातावर्णीय दृस्ठिकोणबाट पनि अति उत्तम मानिने हजरियाको उर्बरताको देशैभरी चर्चा र परिचर्चा हुने गर्छ ।
हजरिया मकै र आलुका लागि प्रसिद्द छदैछ । यहाको माटोमा धान, गहुँ, , फापर, कोदो लगायतका बाली पनि प्रसस्तै हुने गरेका छ्न् `भने तरुलमा पनि यो भुमी प्रसिद्द छ । हजरियाको अर्को बिशेषता भनेको तरकारी उत्पादन पनि हो । हजरियाको तरकारी उत्पादन निक्कै लोभलाग्दो छ । यहाको तरकारी स्थानीय बजार हुँदै सिधै हेटौडा, चितवन, पोखरा तथा काठमाडौ लगायत देशका ठुला-ठुला सहरमा लैजाने गरिएको छ ।
सिजन अनुसार कोभि, भान्टा, घिरौला, करेला, फर्सी, सिबि , प्याज, लगायतका बालिका कारण पनि हजरिया चर्चामा छ । यहाका किसानको पौरख र लगनशीलताले हजरियाको माटोमा सुगन्ध मगमगाउछ अनि लहरी रहेका बालिनालिले स्वर्गलाइ लोभ्याउछ ।
हजरियाको कृषिलाइ प्रचार-प्रसार गरि यस्को गरिमालाई संसारभरी पुर्याउने अभियानमा सक्रिय सामाजिक अभियन्ता रघु कार्की भन्छन् “हामी कृषि प्रदान देशका नागरीक हौं, “यो आफैमा गौरबको कुरा हो । त्यसमा पनि जन्म भुमी हजरियाको माटोमा उत्पादन भएको उपजलाइ प्रचार- प्रसार गर्नु हाम्रो दायित्व र कर्तब्य पनि हो ।
पछिल्लो चरणमा कृषि प्रणालीमा भएको आमूल परिवर्तनले किसानलाइ फाइदा पुर्याएको कार्कीको बुझाइ छ । किसानले नया-नया प्रयोग र प्रबिधी को उपलब्धता बिच आफुलाइ परिवर्तन गरेकाले पनि कृषि प्रतिको आकर्षण दिनप्रतिदिन बड्दो छ ।

अझै पनि राज्य स्तरबाट किसानलाई बिउबिजन, मल खाद तथा पानीको सहजता पुर्याइदिने र कृषिमा आधारित जनतालाई सहुलियत दिने हो भने मुलुक बाट बाहिरिने लाखौं युवाको संख्या कम हुने थियो भन्छन् हजरियाकै अर्का अगुवा किसान योगेन्द्र आले मगर ।

बिगतका दिनहरुमा कृषिलाई हेयका दृस्ठिकोण बाट हेरिने गरिएको थियो तर, “अहिले भने कृषि प्रती युवाको आकर्षण बडेको आले बताउछन् ।




