सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–१ जानकीनगरमा रहेको हिमशिखर महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औँ वार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। सभाले भवानी घिमिरेलाई पुनः अध्यक्षमा चयन गरेको छ।
वि.सं. २०६८ सालमा डिभिजन सहकारी कार्यालय सर्लाहीमा दर्ता भई २५ जना सदस्यबाट २५ सय रुपैयाँ शेयर पूँजी संकलन गरी ग्रामीण बस्तीमा सहकारी कारोबार सुरु गरेको संस्थाले ११औँ वार्षिक साधारणसभा सम्पन्न गर्न सफल भएको हो।
संस्थाकी अध्यक्ष भवानी घिमिरेको अध्यक्षता तथा हरिपुर नगरपालिका वडा नम्बर १ की वडा सदस्यको प्रमुख तालिमाया लामा आतिथ्यतामा सहकारीको आफ्नै कार्यालय परिसरमा साधारणसभा सम्पन्न गरिएको थियो। सभाले अध्यक्ष घिमिरेकै नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नयाँ नेतृत्व चयनका लागि दुर्गा माया चौलागाई को संयोजकत्व मा ३सदस्य निर्वाचन समिति गठन गरिए पनि निर्बाचन समिती ले दिएको समय सिमा भित्र अन्य कुनै सदस्यबाट उम्मेदवारी नपरेपछि पुरानै कार्यसमितिलाई निरन्तरता दिने निर्णय साधारणसभाबाट सर्वसम्मत अनुमोदन गरिएको हो। यससँगै घिमिरेको नेतृत्वमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ।
चयन भएका कार्य समिती का उपाध्यक्षमा जयकल देबि राम ,कोषाध्यक्ष राममाया सचिब कबिता थापा मगर लगायत रहेका छन ,त्यस्तै लेखा समिती संयोजक मा सितली कुमारी खडका रहेको तीन सदस्य लेखा समिती समेत चयन गरिएको संस्था ले जनाएको छ ।
यसै बिच साधारणसभाको अवसरमा संस्थाले असल ऋणी, उत्कृष्ट बचतकर्ता, ज्येष्ठ शेयर सदस्य र बाल बचतकर्ता सहित २६ जनालाई दोसल्ला ओढाई, खत्रुके प्रदान गरी सम्मान गरेको थियो। साथै ६० वर्ष उमेर पूरा गरेका १७ जना ज्येष्ठ सदस्य आमाहरूलाई ढाकाको चौबन्दी चोलो पहिर्याएर सम्मान गरिएको थियो।
सभामा संस्थाकी कोषाध्यक्ष राम माया पाख्रीन ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ६५लाख ७१हजार १सय ८६रुपैया को कारोबार गर्दै १ लाख ५२हजार७सय २४ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिइन्।

संस्थाकि सदस्य कबिता थापा मगर को स्वागत रहेको साधरण सभा को अबसर मा अध्यक्ष घिमिरेले कार्यपत्र प्रस्तुत गर्दै आर्थिक वर्ष २०८२/०८३ मा ३ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने लक्ष्य लिइएको बताइन्। ग्रामीण भेगका शेयर सदस्यहरूको आर्थिक जीवनस्तर उकास्न विभिन्न सीप विकास तालिम सञ्चालन, रोजगारमुखी कार्यक्रम र सहज रूपमा ऋण प्रवाह गरी आर्थिक सुदृढीकरणमा जोड दिइने उनले उल्लेख गरिन्।

सभाका वक्ताहरूले विश्वव्यापी आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्था शहरमुखी बन्दै गएको अवस्थामा सहकारीले गाउँका सदस्यहरूमा बचत संस्कार विकास गरि साहु–महाजनको चर्को ब्याजबाट मुक्त गराएकोमा खुसी व्यक्त गर्दै संस्थाको थप प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए।

साथै सहकारीको दिगोपनाका लागि सबै शेयर सदस्यले मासिक अनिवार्य बचत गर्न, सहकारीको मूल्य–मान्यतामा चल्न, लिएको ऋण समयमै चुक्ता गरी असल शेयर सदस्य तथा असल ऋणी बन्नुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रममा बाल बचतकर्ता भाइबहिनीहरूले संस्कृतमा मन्त्रोच्चारण तथा स्तोत्र वाचन समेत प्रस्तुत गरेका थिए।




