मलंगवा, सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–६ मलंगघाट टोलमा विद्युतीय मोटरमा नुहाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुने मा स्थानीय रामानन्द रायकी श्रीमती अन्दाजी ५० वर्षीया मिथलेसिया देवीको ज्यान गएको हो ।
आफ्नै घर पछाडि रहेको दुबेल कलमा जडान गरिएको विद्युतीय मोटरमा नुहाउने क्रममा अचानक करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरी ले जनाएको छ । प्रहरीले घटनाबारे जानकारी प्राप्त हुनासाथ आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रारम्भिक जानकारी अनुसार मोटरमा विद्युत् चुहावट (लीकेज) भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।
मृतक मिथलेशिया देबि को अहिले पोस्टमार्डम को लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएको जिल्ला प्रहरी कार्यालय का प्रहरी नायब निरीक्षक प्रबक्ता एवम सुचना अधिकारी बेद प्रकाश गौतम ले जानकारी दिनु भयो ।
विद्युतीय उपकरण प्रयोग गर्दा विशेष सावधानी अपनाउन तथा जडानको नियमित परीक्षण गर्न प्रहरीले सर्वसाधारणलाई अपिल गरेको छ।




