नेपाल चलचित्र कलाकार संघले काठमाडौँको कपन क्षेत्रमा बसोबास गर्ने ४३ घर परिवार जुनियर कलाकार तथा प्राबिधिकहरुलाई खाद्यान्न राहत वितरण गरेको छ । कोभिड-१९ तथा लकडाउनको समस्यामा परेका तथा कोरोना भाइरसको महामारीले गर्दा दैनिक श्रम गरेर जीविकोपार्जन गर्ने कलाकारहरुको अबस्था दयनिय भईरहेको बेला नेपाल चलचित्र कलाकार संघले राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको हो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, उपाध्यक्ष मोहोन निरौला, महासचिब चेत बहादुर सिंह “राजा”, सदस्यहरु गोपाल ढकाल “छन्दे”, उद्धब प्रशाद भट्टराई, धर्मानन्द आचार्य “धर्मेन्द्र”, शारदा नेपाल “गीता”, रामेश्वर बुर्लाकोटी, प्रेश संयोजक सुर्यचन्द र समाजसेवी तथा कलाकारद्वय शंकरलाल श्रेष्ठ र सुभाष खड्काको उपस्थितिमा पिडित परिवारहरुलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो ।
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारिको समन्वयमा शहरी बिकाश राज्य मन्त्रि माननीय रामबिर मानन्धर तथा सुशिला संरक्षण सेवा केन्द्रका अध्यक्ष भुवन पराजुलीको सहयोगमा जुटेको उक्त राहत सामग्री कलाकार संघले राहतबिहिन परिवारलाई हस्तान्तरण गरिएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले जानकारी गराएका छन् भने सम्पूर्ण सहयोगीहरुलाई यस संकटको घडिमा राहत उपलब्ध गराएकोमा धन्यबाद समेत ब्यक्त गरेका छन् । राहात वितरण कार्यको संयोजकत्व संघको सदस्य शारदा नेपाल गीताले गरेकी थिइन् ।




