चितवन । भरतपुर -१० स्थित वाईपास राेडमा रहेकाे भरतपुर कोभिड–१९ प्रयोगशालामा बुधवार सल्यानकाे १ सय ३१ वटा सहित २ सय ७४ नमुनाकाे चितवनमा काेराेना परीक्षण गरिएकाे छ ।
मंगलवार प्रयाेगशालामा प्राप्त भएका सल्यानकाे १ सय ३१ वटा सहित बाँकी चितवन जिल्लाका विभिन्न स्थानबाट गरि २ सय ७४ स्वाब नमुनाकाे आरटिपिसिआर विधिबाट काेराेना परीक्षण गरिएकाे भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पाैडेलले जानकारी दिए ।
उनका अनुसार चितवनका १ सय ४३ नमुना मध्य भरतपुर अस्पतालको ४६, खैरहनी नगरपालिकाको ३६, बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको २६, चितवन मेडिकल कलेजको ११, भरतपुर महानगरपालिकाको ८, नारायणी सामुदायिक अस्पतालको ८, मनकामना अस्पतालको ५ र सेन्ट्रल अस्पतालको ३ जनाको स्वाब परीक्षण गरिएको हाे । बुधवार साँझ प्राप्त रिपोर्ट अनुसार सबैकाे परिक्षणको नतिजा काेराेना नेगेटिभ आएको उनले बताए । यसअघि स्वास्थ्यकर्मी सहित चितवनामा ३० जनामा संक्रमण देखिएकाेमा उनीहरूकाे संम्पर्कमा रहेका र अन्य संम्भावित मानिएका व्यक्तिहरूकाे समेत नमुना परीक्षण गरिएकाे हुँदा बुधवारकाे रिपोर्टलाई चितवनमा निकै महत्वका साथ हेरिएकाे थियाे ।
जेठ २३ र २४ गते संकलन गरिएको ३ सय १० वना नमुनाकाे साेमवार चितवनमा गरिएकाे परीक्षणमा दुई जना चिकित्सक र एक जना नर्स सहित ३० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको थियाे । चिकित्सक र नर्समा संक्रमण देखिएकाे र एकै पटक यति संख्यामा काेराेना पाेजेटिभ देखिएकाे अहिलेसम्मकाे चितवनमा याे नै पहिलो घटना हाे । जसमध्य २४ जना चितवनका , ५ जना नवलपुर र एक जना धादिङका रहेकाे भरतपुर अस्पतालले जनाएकाे छ ।




