सर्लाही । सर्लाहीको नेपाल भारत सीमा वारपार व्यापक मात्रामा तस्करी फस्टाएको छ । सशस्त्र प्रहरी बल सर्लाहीको मिलेमतोमा सर्लाहीमा सीमा वारपार तस्करी फस्टाएको हो ।
सीमामा रहेका शसस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट९बिओपी०छतौनाका शसस्त्र प्रहरी निरिक्षक उपेन्द्र गीरिकोे मिलोमतो दैनिक लाखौँको तस्करी भइरहेको पाइयको छ । पछिल्लो समय सर्लाही छतौना तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । तस्करहरुले अहिले सर्लाहीको छतौना सशस्त्र प्रहरीको बिओपीका प्रहरी कर्माचारीहरुबाटै भन्सार छलेर अबैध रुपमा सीमाबाट सामानहरु ओसारपसार गर्ने गरेको खुलेको छ ।
सीमा नाकाको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपाल, अवैध रुपले आयात निर्यात गर्ने मालसामान पक्राउ गर्न सक्ने प्रावधान रहेपनि आफ्नो पदको दुरुपयोग गर्दै सीमा नाकाबाट तस्करीको कार्य सुचारु गराएको बुझिन्छ ।
बलरा नाकाबाट बुद्धु यादवले तिहारको मौका छोपेर भारतबाट पटाकाको तस्करी गरी नेपालतर्फ ल्याउने लाइन पाएका छन् । छतौनाबाट लक्ष्मी साहले भाँडाकुडा र सन्तोष सिंहले चल्लाको तस्करी गर्ने लाइन शसस्त्र प्रहरी निरिक्षक उपेन्द्र गीरि दिएको स्रोतले बताएको छ ।
सर्लाहीको पश्छीमी नाकाका चर्चीत ब्यपारि नवीन चौधरी र उमेश साहले बलरा नाकाबाट चिनियाँ स्याउ, नास्पातीको ब्यापक रुपमा भारततर्फ तस्करी गरिरहेको ससत्र पहरि स्रोत बताउँछ ।
उनका अनुसार शसस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट९बिओपी० छतौनाका शसस्त्र प्रहरी निरिक्षक उपेन्द्र गीरि मिलेमतोमा हुने गरेको पाइएको हो ।
कुखुरा ,खाने तेल, मैदा ,जिरा ,चामल ,कपडा, कबाड,कपडा,राजनिबास,रज्निगन्धा,सूर्ती,चिनि,लगायतका सामानल्याउने गरेका छ । तर यता शसस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट९बिओपी० छतौनाका शसस्त्र प्रहरी निरिक्षक उपेन्द्र गीरिलाई सर्लाहीको छतौनाका विभीन्न नाकाबाट व्यापक मात्रामा तस्करी फस्टाएको छनि भन्ने प्रश्नमा
शसस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट९बिओपी० छतौनाका शसस्त्र प्रहरी निरिक्षक उपेन्द्र गीरिलाई सोध्दा उनले तस्करि नभयको भन्दै पन्छिय ।




