सर्लाही । कविलासी नगरपालिका–१, पिपरियामा दीपावलीको दियोबाट बब्लु मण्डलको घरमा आगो लाग्दा करिब चार लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
लालबन्दी नगरपालिका–५, मेजरगञ्जमा लालबन्दी–७ का कैलाश साहको किराना गोदाममा गएराति करिब ११:३० बजे आगलागी हुँदा करिब दुई करोड रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
Advertisement
चक्रघट्टा गाउँपालिका–५ मा विद्युत सर्ट भएर श्यामसुन्दर रायको घरमा आगलागी हुँदा करिब ५० हजार रुपैयाँको क्षति पुगेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




