सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर पाँचमा एक महिना सम्म सन्चालन भएको ब्युटी पर्लर तालिम एक कार्यक्रमका बिच समापन भएको छ ।
बरहथवा नगरपालिका वडा नम्बर पाँचको आर्थिक सहयोग तथा एन्जल ब्युटी पार्लरको आयोजनामा सम्पन्न भएको तालिममा झन्डै -४०, जना प्रशिक्षार्थीको सहभागिता रहेको प्रशिक्षक तथा एन्जाल ब्युटी पार्लरकी संचालिका राजेश्वरी शिल्पकारले जानकारी दिइन ।

तालिमको समापन समारोह तथा पुरस्कार बितरना कार्यक्रममा बोल्दै बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कट्वालले युवालाई स्वरोजगार बनाउन सकेमात्रै देश समृद्द हुने बताइन् । देश भित्र स्वरोजगार हुन चाहानेहरुका लागी अथाहा सम्भावना रहेको हुदा सबैले रोजगार हुनेतर्फ हातेमालो गर्नु पर्ने प्रमुख कटवालको भनाइ थियो ।

ब्युटी पार्लर सिकिरहेकी प्रशिक्षार्थी इशा सोनीले स्वागत मन्तब्य राखेकी थिइन भने वडा नम्बर पाँचका कार्यबाहक वडा अध्यक्ष हिरादेबी भुजेल युवा नेताहरु राजन कार्की अनिल श्रेष्ठ लगायतले मन्तव्य राखेका प्रशिक्षक तथा एन्जाल ब्युटी पार्लरकी संचालिका राजेश्वरी शिल्पकारले जानकारी दिइन ।




