सर्लाही । मध्य गर्मी बढेसँगै तराईका जिल्लाहरूमा सर्पदंशका बिरामीको संख्या बढेको छ । गर्मी समयमा सर्प सितल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने गर्दा सर्पदंशका बिरामीहरु बढेका छन् ।
मध्य गर्मी बढेसँगै तराईका जिल्लाहरूमा सर्पदंशका बिरामीको संख्या बढेको छ । गर्मी समयमा सर्प सितल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने गर्दा सर्पदंशका बिरामीहरु बढेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको चाप बढेको छ । केन्द्रमा अहिले दैनिक कहिले १÷२ जना कहिले३÷४ जनासम्म सर्पले टोकेका डसेका बिरामीहरु उपचारका लागि आऊने गरेका सर्पदंश उपचार केन्द्र नवलपुरले जनाएको छ ।
सर्पदंश उपचार केन्द्र नवलपुरमा गएको आर्थिक बर्षमा २०८१÷२०८२ मा ७२४ जनाको उपचार भएको उपचार केन्द्र बताउ छन । २०८२÷२०८३ साउन देखी अहिले सम्म भने ४९२ जना सर्पदंशका बिरामी उपचारका लागि आइसकेका केन्द्रले जनाएको छ । वैशाख महिनाको १० गते सम्म १२ जना बिरामीको उपचार गरिएको छ । केन्द्रमा बिरामीको चाप बढे पनि अत्यावश्यक रहेको आइसियु र भेन्टिलेटर भने लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहँदा बिरामीहरुको उपचारमा समस्या भएको ,सर्पदंश उपचार केन्द्र कोषाध्यक्ष नागेन्द्र चौधरि बताउ छन ।
गर्मी बढे्सँगै ,सर्पदंश उपचार केन्द्र,नवलपुर,सर्लाहीमा पछिल्लो समय सर्पदंशको उपचारका लागि सर्लाही रौतहट,सिन्धूली,महोत्तरि का बिरामी बढ्न थालेका हुन् । चिसो र सुक्खा मौसममा दुलोभित्र रहने सर्प गर्मीसँगै वर्षा हुन थालेपछि बाहिर निस्कने गर्नाले हरेक वर्ष यो मौसममा सर्पदंशका बिरामी बढ्ने गरेको उपचार केन्द्रले जनायको छ ।
केन्द्रमा बिरामीको चाप बढे पनि अत्यावश्यक रहेको आइसियु र भेन्टिलेटर चलाउन सक्ने दक्ष जनशक्ति अभाबले भेन्टिलेटर चलाउन उपचार गनूपर्ने बिरामीलाई रिर्फर गनूपरेको उपचार केन्दे्रले जनायको छ । आइसियु र भेन्टिलेटर सञ्चालन गर्न जान्ने दक्ष जनशक्ति नहुँदा थन्क्याएर राखिएको छ । केन्द्रमा लालबन्दीसहित हरिवन, बागमती, हरिपुर, ईश्वरपुरलगायत विभिन्न पालिकाका बिरामी उपचारका लागि आउने गरेका ,सर्पदंश उपचार केन्द्र,नवलपुर,सर्लाहीका अध्यक्ष उद्वव पौडेलले बताए ।
केन्द्रमा एकजना एमबिबिएस डाक्टर भए पनि आइसियु र भेन्टिलेटर सञ्चालनबारे ज्ञान नहुँदा प्रयोगमा ल्याउन नसकिएको सर्पदंश उपचार केन्द्र नवलपुर केन्द्रले जनाएको छ । आइसियु र भेन्टिलेर सञ्चालन नहुँदा गम्भीर अवस्थामा ल्याइएका बिरामीलाई उपचार गर्न समस्या हुँदै आएको छ ।
भने धेरैले अकालमा ज्यान गुमाउनु परेको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा खरिद भएको भेन्टिलेटर र आईसियु प्रयोग तथा व्यवस्थापनमा स्थानिय सरकार तथा सरोकारवाला निकाय मौन रहेको पीडितहरुको आरोप छ ।





