सर्लाही । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नं. १५ स्थित झरझरामामा हिजो राति अन्दाजी ५ बजेको समयमा जङ्गली बँदेलको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय अन्दाजी ३९ वर्षीय दावा थिङ रहेका छन्। जङ्गली बँदेलको आक्रमणबाट गम्भीर घाइते भएका थिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
Advertisement
घटनापछि प्रहरीले शवलाई राति नै पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




