चर्चित चलचित्र ‘मिस्टर नेपाली’ युट्युब मार्फत सार्वजनिक भएको छ । देव भुषालले लेखन, निर्देशन तथा उनकै पटकथा र संवाद रहेको चलचित्र ‘मिस्टर नेपाली’ आज प्रदर्शनको करिव एक बर्षमा निर्माण टिमले दर्शकका लागि चलचित्र ओएसआरको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो ।
प्रेमराज दाहालको निर्माण तथा देव भुसालको निर्देशनमा तयार भएको चलचित्रमा नायक भुवन केसी दोहोरो भूमिकामा छन्। त्यस्तै नव-कलाकारद्धय साहिल श्रेष्ठ र कुसुम राउत, कलाकारहरु रीमा विश्वकर्मा, बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दुश्रीवास्तव लगायतको अभिनय छ। चलचित्रले विदेशमा बस्ने नेपालीको देशप्रतिको माया र स्थानीय स्तरमा राजनीतिलाई टेकेर हुने शोषणमा चलचित्र आधारित रहेको तथा चलचित्रले राष्ट्रियता, प्रेम र पारिवारिक कथालाई उठान गरिएको निर्देशक देव भुषालले बताए ।
देवचुली फिल्मसको ब्यानरमा निर्माण भएको उक्त चलचित्रको छायांकन चितवन , नवलपरासी र काठमाडौंमा गरिएको हो । निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी , हिमाल केसीको एक्सन रहेको फिल्ममा सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन छ ।




