कोरोना भाईरस (कोभिड–१९) को महामारीको कारण हरेक क्षेत्र निकै प्रभावित छ । यसले सिंगो मानव समुदायलाई ठूलो क्षति पुयाइरहेको छ । यसरी हरेक क्षेत्रमा परिरहेको असर सँग सँगै सिनेमा अर्थात् चलचित्र उद्योगमा समेत नराम्ररी प्रभाव परेको छ । कोभिड–१९ का कारण सिनेमा क्षेत्र बन्द भएको हो । यस बीचमा न सिनेमा (फिल्म) को सुटिङ भयो न कुनै फिल्म नै बने । बनेका फिल्म पनि रिलिज हुन नपाउँदै लकडाउन भैहाल्यो । अरु क्षेत्र जस्तै फिल्म क्षेत्र पनि पुरै तहसनहस नै भयो । अधिकांश कलाकारहरु कामविहीन बन्न पुगे ।
नेपाल चलचित्र कलाकार संघले सर्वसाधारण तथा विशेष रुपमा सदस्यहरुमा सावधानी अपनाउन अनुरोध गरेको छ । अहिलेको विषम परिस्थितिमा पनि नेपाल चलचित्र कलाकार संघ आफ्नो नियमित सेवामा कटिबद्व रहेको समेत जनाइएको छ । संघले आफ्ना सदस्यहरुमा समस्या र अप्ठ्यारा भएमा जानकारी गराउन अनुरोध गर्दै संघ सदैव आफ्ना सदस्यहरुको सेवामा तत्पर रहेको महासचिव चेतबहादुर सिंह “राजा” ले बताए ।
यो माहामारीमा समस्यामा परेका सदस्य कलाकारहरूलाई सहयोग गर्नु संघको दायित्व हो । यस कार्यमा आफ्नो कर्तव्य संझेर संघका पदाधिकारी तथा सदस्यहरू खटिरहनु भएको छ । अझै पनि समस्यामा परेका कलाकारहरू हुनुहुन्छ भने संघका पदाधिकारी तथा सदस्यज्यूहरूलाई संम्पर्क गर्नहोस, संघ तपाईहरूलाई यथासक्य सहयोग, राहत उपलव्ध गराउन प्रतिबद्ध रहेको संघका अध्यक्ष रबिन्द्र खड्काले बताए ।
साथै संघ मार्फत राहत सहयोग प्रदान गर्न चाहने स्वदेश तथा बिदेशमा रहनु भएका सहयोगी मनहरूलाई पनि यही अनुरोध मार्फत साथ/ सहयोगका लागि अपिल गर्दैछौं ।
नाम मोबाईल नं.
मोहन निरौला ९८५१०५१९३३
चेत बहादुर सिंह ९८५१०७२१२८
सुनिल कटवाल ९८५१०९२४५३
रामेश्वर के सी ९८५१२१६००३
गीता नेपाल ९८५११२०१८७
उद्धव प्रसाद भट्टराई ९८५१०५५३१५
जीवन थापा ९८५१०९५०७८
धर्मेन्द्र आचार्य ९८४१५५०९२६
गोपाल ढकाल ९८४१५३७०१०
रामेश्वर बुर्लाकोटी ९८४१२२७९०५
तेजुला खतिवडा ९८४१५२३०५५




