आकर्षक शरीरको चाहना कसलाई हुँदैन र ? तर अहिले विश्वभर बढिरहेको मोटोपनका कारण धेरै मानिस निकै चिन्तित छन् । मोटोपनले शरीर त नराम्रो देखिन्छ नै, धेरै मानिस डायबिटिज, मुटुरोग आदिको शिकार पनि भएका छन् । त्यसैले मानिसहरू मोटोपन घटाउन धेरै कोसिस गरिरहेका हुन्छन् । मानिसहरू मोटोपन घटाउन नै भनेर खानाको मात्रा घटाउँछन् । कतिपय अवस्थामा जति डाइटिङ गरे पनि तौल कम हुँदैन र यसका कारण धेरै मानिस निराश बन्ने गरेका छन् । तर तौल कम गर्न यी कार्य नियमित गर्नाले शरीरमा रहेको फ्याट घटेर शरीर आकर्षक हुन सक्छ :
१. मनतातो पानी पिउने – बिहान उठेपछि खाली पेटमा एक गिलास मनतातो पानी पिउँनुहोस । यसले शरीरको टोक्सिन्स बाहिर निस्कन्छ र शरीरमा वोसो घटाउँन मद्दत गर्छ ।
२. बिहानीको घाम – प्रत्येक विहान १५ देखि २० मिनेट घाममा बस्नुहोस्, यसो गर्नाले शरीरमा मेटाबोलिज्म बढाउँन मद्दत गर्छ, जसले तौल नियन्त्रण गर्छ ।
३. ग्रीन टी – बिहान दुधचिया भन्दा ग्रीन टी वा हर्बल–टी पिउँनुहोस् । यसमा रहेको एन्टीओक्सिडेन्ट्सले बोसो घटाउने काम गर्छ ।
४. ३० मिनेट हिड्नुहोस् – बिहानको समयमा ३० मिनेट हिड्ने वा व्यायाम गर्ने गर्नुहोस् । यसले फ्याट बर्न हुने र शरीर ताजा रहन्छ ।
५. कागती पानी पिउने – व्यायामपछि एक गिलास कागती–पानी पिउँनुहोस् । यसले पाचनक्रिया राम्रो र शरीरमा बोसो जम्मा हुने हुँदैन ।
६. १० मिनेट ध्यान – प्रत्येक बिहान १० मिनेटसम्म मेडिटेसन गर्नुहोस् । यसले तनाव कम हुन्छ र तौल नियन्त्रण गर्न मद्दत गर्छ ।
७. खाजामा प्रोटिन खाने – बिहानको खाजामा अन्डा, दुध, ओट्स, सिमीजस्ता प्रोटिनले भरिएका खानेकुरा खानुहोस् । तौल नियन्त्रण गर्न मद्दत गर्छ ।




