बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पासो लगाएर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निर्वाह गरेका थिए। भारतीय टेलिश्रृंखलाहरूमा जमेका राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए।
३४ वर्षीय राजपुतले पछिल्लो समय सारा अली खानसँग ‘केदारनाथ’ र श्रद्धा कपुरसँग ‘छिछोरे’ फिल्ममा अभिनय गरेका थिए। राजपुत लकडाउनको समयमा बान्द्रास्थित अपार्टमेन्टमा एक्लै बस्थे। उनी डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरी उनको अपार्टमेन्ट पुगिसकेको छ। एजेन्सी
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




