काठमाडौं । साझा पार्टी नेपालले युरोपियन राष्ट्र स्पेनमा संगठन बिस्तार गरेको छ । पार्टीले गोरखा मनकामनाका दिपक मरहठ्ठाको संयोजकत्वमा २४ सदस्य रहनेगरी ११ सदस्यीय केन्द्रीय कमिटि गठन गरेको हो ।
कमिटिको सहसंयोजक सुनिता कुँवर, प्रवक्ता पुष्प धिताल, सचिब रिसब कोइराला, सहसचिव राम सिलवाल, संचार संयोजक प्रकाश पौड्याल र कोषाध्यक्ष बिमलराज अधिकारी चुनिएका छन् । केन्द्रीय सदस्यहरुमा हिमलाल गौतम, केशव रिजाल, शक्ति तामाङ र राजेश बुढाथोकी छन् ।
Advertisement
युरोप महादेशीय संयोजक एस के श्रेष्ठको सहकार्यमा लगातार एक महिनाभन्दा बढीको आन्तरिक छलफलपछि कमिटि गठन भएको संयोजक मरहट्टाले बताए । कोरोना महामारीका कारण भर्चुअल बैठकबाट कमिटि गठन गरेर जिम्मेवारी बाँडफाँड गरिएको उनले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




