सर्लाही । सर्लाहीमा सशस्त्र प्रहरीको सक्रियता बढाएसँगै सर्लाहीमा भन्सार छलीका सामान बरामद गर्ने क्रम बढेको छ । सीमावर्ती क्षेत्रमा हुने अवैध कार्यलाई नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपालले भारतबाट अवैध सामान ल्याइरहेको सूचनाका आधारमा अवैध सामान ल्याउने १ अटो र ४ लाख ७७ हजार १२५ बराबरको सामान र मानिस पक्राउ गरेको छ ।
सर्लाहीमा सशस्त्र प्रहरीले बिलविजक तथा भन्सार प्रज्ञापन पत्रविहीन किराना सामानसहित एक अटो नियन्त्रणमा लिएको ससत्र प्रहरिले जनायको छ । चन्द्रनगर गाउँपालिका–४ पोखरिया क्षेत्रमा विशेष सूचनाको आधारमा खटिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण अर्गवा र सीमा सुरक्षा गुल्म मुख्यालय मलंगवा मातहतबाट खटिएकोे गस्ती टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त अटो फेला पारेको थियो ।
ससत्र प्रहरिका अनुसार ज १ ह ४४५१ नम्बरको अटोमा भारतबाट भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको मरिच अन्दाजी ३४ किलो, मैदा अन्दाजी सात बोरा, पाउडर दुध अन्दाजी ४५ किलो, पेडा एक सय ३५ डिब्बा र चकलेट ३० डिब्बा सहित उक्त अटोमा सवार भारतबाट भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको ब्यक्ती सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवास निवासी अन्दाजी ३० वर्षीय बवी महतो बबीता उपनाम चस्मा बालीलाई समेत नियन्त्रणमा लिउर भन्सार कार्यालय बूझायको सीमा सुरक्षा गुल्म मुख्यालय मलंगवाले जनायको छ ।
नेपाल प्रहरि र ससत्र प्रहरि स्रोतका अनुसार बवी महतो बबीता उपनाम चस्मा बाली सर्लाहीको त्रिभुवननगर नाकाबाट लामो समयदेखि किराना लगायत विभिन्न सामान भन्सार छली गरी नेपाल भित्र्याउने कार्यमा संलग्न रहेको बताइएको छ । साथै, आफ्नो सामान नियन्त्रणमा लिएपछि उनले खटिएका सुरक्षाकर्मीलाई गृह मन्त्रालयसम्म पहुँच प्रयोग गरी सरुवा गराइदिने धम्की दिने,अडियो, भिडियो बनाएर फसाइदिने तथा जागिरसमेत खाइदिने चेतावनी दिने गरेको नेपाल प्रहरि र ससत्र प्रहरि स्रोतका एक सुरक्षाकर्मीले बताएका छन् ।
सुरक्षाकर्मीका अनुसार उपनाम चस्मा बालीले भन्सार छलीका सामान सहज रूपमा ल्याउन दिनुपर्ने भन्दै सार्वजनिक स्थलहरूमा समेत नेपाल प्रहरि र ससत्र प्रहरिलाई दुव्र्यवहार गर्ने गरेको आरोप छ । लामो समय देखी सुरक्षाकर्मीलाइ दुव्र्यवहार र आफू अनूकूल बन्न र भन्सार छलीका सामान सहज रूपमा ल्याउन दिनुपर्ने भन्दै आयकी उपनाम चस्मा बाली बबिता रहेकी महिला सुरक्षाकर्मीहरुलाई आफूले भनेको मान्न र आफूले भन्सार छलीको सामान तस्करि गर्न पाउनू पर्ने नपाय बिभिन्न बाहानामा फसाइदिन्छू भन्दै धम्काउने गर्ने गरेको सुरक्षाकर्मीहरु बताउ छन ।
आफ्नो सामान नियन्त्रणमा लिएपछि उनले खटिएका सुरक्षाकर्मीलाई गृह मन्त्रालयसम्म पहुँच प्रयोग गरी सरुवा गराइदिने धम्की दिने, भिडियो बनाएर फसाइदिने तथा जागिरसमेत खाइदिने चेतावनी दिने गरेको नेपाल प्रहरि र ससत्र प्रहरि सुरक्षाकर्मीले बताएका छन् ।
नियन्त्रणमा लिइएको अटो तथा सामानलाई आवश्यक कारवाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवा बूझइएकोे छ । भन्सार कार्यालयमा अटोको मूल्य रु ३ लाख ५० हजार र किराना सामानको मूल्य रु १ लाख २७ हजार १२५ गरी कुल रु ४ लाख ७७ हजार १२५ बराबरको सामान भन्सार दाखिला गरिएको सर्लाही भन्सार कार्यालयले जनाइएको छ ।




