हरिवन । सर्लाहीको हरिवन मा वन पैदावारको अवैध चोरी निकासी नियन्त्रण तथा वन संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले वन पैदावार अवैध चोरी निकासी सम्बन्धी जिल्ला स्तरीय सरोकारवालाहरूको गोष्ठी हरिवनमा सम्पन्न भएको छ।

सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीको आयोजनामा तथा डिभिजन वन कार्यालय, सर्लाही को सहयोगमा गोष्ठी सुक्रबार हरिवनस्थित सगुन सहकारीको सभाहल मा सम्पन्न भएको हो।
सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीका अध्यक्ष सिताराम पोख्रेल को अध्यक्षता एवम माहसंघकि केन्द्रीय सचिवालय सदस्य पार्बती विश्वकर्मा को प्रमुख आतिथ्यता मा कार्यक्रम सम्पन्न गरिएको हो ।

गोष्ठीमा वन पैदावारको अवैध चोरी निकासी नियन्त्रण, वन संरक्षणमा सरोकारवालाहरूबीच समन्वय र सहकार्य अभिवृद्धि, सामुदायिक वनको प्रभावकारी व्यवस्थापन तथा वनसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, वन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि का साथै अन्य सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रम संचालक एवम माहसंघका जिल्ला उपाध्यक्ष प्रल्हाद बुढाथोकी ले बताउनु भयो ।

सहभागीहरूले वन सम्पदाको संरक्षणमा सबै पक्षको सक्रिय सहभागिता र समन्वय आवश्यकता रहेकोमा जोड दिएका माहसंघ ले जनाएको छ ।




