गर्माी मौसममा धेरै खाइने फलफुलहरु मध्य एक हो खरबुजा । खरबुजामा ९५ प्रतिशत पानी हुनुका साथै भिटामिन तथा विभिन्न खाले लवण पनि प्रसस्त मात्रामा पाइन्छ । जसले शरीरलाई शीतल बनाउनुका साथै शरीरमा डिहाइड्रेसनको खतरा कम गर्नुका साथै मुटु, मृगौला तथा रगत सम्बन्धि विभिन्न रोगको जोखिम पनि कम गर्ने विज्ञहरु बताउँछन् । साथै खरबुजा एन्टिअक्सीडेन्ट र भिटामिन सी को पनि राम्रो श्रोत हो । त्यसैले खरबुजा स्वास्थ्यका लागि हितकारी हुन्छ ।
यसका फाइदाहरु :
-खरबुजामा एडेनोसिन नामक एन्टिकुएगुलेन्ट तत्व पाइन्छ । जसले रक्तकोशिकाहरुलाई जम्न दिँदैनन् र रक्तनलीमा समेत रगत जम्ने समस्याले हृदयाघात लगायतका समस्या हुन्छन् तर एडेनोसिनले रक्तप्रवाहलाई सन्तुलित गर्छ र हृदयाघातको जोखिम कम गर्ने गर्दछ ।
-खरबुजामा प्रसस्त मात्रामा अर्गा्निक पिगमेन्ट क्यारोटिन्वाइड पाइन्छ जसले अन्य क्यान्सरबाट बचाउनका लागि फोक्सोको क्यान्सरको खतरा पनि कम गर्छ र यो तत्वले सरीरका क्यान्सर कोषलाई समेत नष्ट गर्न सहयोग गर्छ ।
-कब्जियत तथा अन्य पेट सम्बन्धि समस्या छ र पेटको अम्लपना हटाउन पनि खरबुजाको नियमित सेवन राम्रो हुन्छ ।
-खरबुजामा पाइने कोलाजन प्रोटिनले छालामा पाइने कनेक्टिभ तन्तुका कोशिकाको संरचनालाई तन्दुरुस्त राख्छ ।
-नियमित खरबुजा भोजनले मुत्र विकार सम्बन्धि समस्या, मृगौला सम्बन्धि समस्या तथा मृगौलाको पत्थरी लगायतका समस्याको समाधान गर्न पनि सहयोग पूराउँदछ ।
-खरबुजामा भिटामिन बी पाइन्छ र यसले सरीरमा शक्ति प्राप्त हुने तत्वको काम गर्छ ।
-मोटोहुने पीडितहरुका लागि खरबुजाको नियमित भोजन निकै फाइदाजनक हुन्छ ।
– यसले छालाको सुन्दरता र चमकता कायम राख्न मद्दत गर्छ ।
-यसले आँखाको स्वास्थ्यका लागि समेत खरबुजाको नियमित भोजन लाभदायी हुन्छ । खरबुजामा भिटामिन ए प्रसस्तै पाइन्छ । अनि यसले आँखाको ज्योति प्रवर्धनका लागि ठूलो भूमिका खेल्छ ।
-तनाबबाट मुक्तिका लागि समेत फाइदा हुन्छ । यसमा पाइने पोटासियम तत्वले मुटुको धड्कन, सरीरको रक्तप्रवाहलाई सन्तुलित गर्ने गर्दछ ।




