चितवन। चितवनमा कोरोना संक्रमित बढेपछि आज मंगलबारबाट लकडाउनमा थप कडाई गरिने भएको छ ।चितवनमा मात्रै एकै दिन ३० जनामा कोरोना संक्रमण देखिएपछि लकडाउन थप कडाइ गर्न लागिएको हो ।प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले संक्रमितको संख्या एकैपटक धेरै संख्यामा वृद्धि भएकाले आज मंगलबारबाट थप कडाई गरिने बताए । उनले लकडाउनको पालना गर्न आग्रह गर्दै लकडाउन उल्लंघन गर्दा अवस्था भयावह हुने तर्फ सचेत हुन समेत स्थानीय सबैमा आग्रह गर्नुभयो ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




