चितवन। नेपाल बिधार्थी संघ शैक्षिक संस्था समन्वय समितिद्वारा असार पन्ध्रको उपलक्ष्यमा नारायणगढमा रहेको सडक बालबालिकाहरु आश्रित “हाम्रो घर”´नामक संस्थामा दही चिउरा खाने कार्यक्रम सम्पन्न भएको छ । उक्त दही चिउरा खाने कार्यक्रम नेपाली काङ्ग्रेस जिल्ला सदस्य तथा ट्रेड युनियन बिभाग प्रमुख गणेश पाैडेलको प्रमुुुख आतिथ्यतमा र नेपाल बिधार्थी संघ शैक्षिक संस्था समन्वय समितिका संयोजक अमित पाण्डेकाे सभापतित्वमा सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा बिशिष्ठ अतिथि नेपाल बिधार्थी संघका पूर्व सचिव तथा महानगर वडा नं १० सचिव कृष्ण विलास अधिकारी , अतिथिहरू नेबिसंघ बिद्यार्थी नेता लक्ष्मीप्रसाद सापकोटा , मैयाँदेवी कन्या कलेज अध्यक्ष प्रनिशा गुरूङ, सीटीईभीटी जिल्ला संयाेजक प्रकाश लामिछाने , तरूण दल भरतपुर १९ अध्यक्ष बुद्धि बिश्वकर्मा, सुमित पराजुली , सन्जिव पन्त, वविन सुनार, निराजन सापकोटा , मनाेज आचार्यले लगायत चितवन जिल्लामा रहेका र पूर्बी चितवनका बिद्यार्थीहरुको समेत उपस्थित रहेको थियो।
सो कार्यक्रममा “हाम्रो घर” की आमा तथा संन्चालीकाले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रम नेपाल बिधार्थी संघका अरूणाेदय कलेजका सचिव रबिन देबकाेटालेे संन्चालन गर्नुुुभएको थियो। हाल उक्त संस्थामा २९ जना अनाथ बालबालिकाहरु वस्दै आएका छन्।




