चितवन । चितवनमा मात्र होइन अहिले नेपालमा नै “एक सपना साइकल र सफा नेपालको ” अभियानले चर्चा पाएको देखिन्छ। साइकल मानव स्वास्थ्यको लागि त फाइदा छ तर यसले वातावरणको लागि पनि सकारात्मक भुमिका खेल्ने काम गर्दछ।
भरतपुर महानगरपालिकाका प्रबक्ता अरुण पिडित भण्डारी पनि यो अभियानबाट प्रभावित भएको देखिन्छ। उहाँको अनुसार भरतपुर महानगरपालिकाले पनि एक सपना साइकल र सफा भरतपुरको अभियान बोक्ने र समग्र भरतपुर र चितवनलाई नै साइकल सिटिको रुपमा बिकास गर्ने लक्ष रहेको बताउनु भएको छ। यो अभियानलाई सबै स्थानिय वडाहरुदेखि संघ सस्थाहरुले पनि एक्यवद्धता जनाएका छन।
कानुन, न्याय तथा मानव अधिकार समितिका सभापती तथा चितवन क्षेत्र न ३ का जननिर्वाचित सभासद कृष्णभक्त पोख्रेलका अनुसार “एक सपना साइकल र सफा नेपालको” अभियानले समाजमा साइकल प्रेमी बढाएको र यो अभियानले सकारात्मक सन्देस फैलाएको बताउनु भएको छ। सभापती कृष्णभक्त पोख्रेलका अनुसार यो अभियान प्रती सबै राजनैतिक दल तथा सभासदहरुको एक्यवद्धता र साथ सहयोग रहेको बताउनु भएको छ।
भरतपुर महानगरपालिकाकी उपमेयर पार्बती शाहको अनुसार यो अभियान सुद्द समाज रुपान्तरण गर्नको लागि चलाइएको अभियान हो र यो अभियानको लागि आफ्नो साथ सहयोगका साथ साथै भरतपुर महानगरपालिकाको साथ सहयोग रहेने बताउनु भएको छ।
“एक सपना साइकल र सफा नेपालको” अभियानमा शुद्ध साइकल चालकहरु मात्र जोडिएको देखिन्छ। समाजमा दैनिक जिबनमा पर्न आउने काममा सकेसम्म साइकल चलाऔ र स्वास्थ , बाताबरणका साथ साथै आर्थिक सबल बनौ भन्ने नारा बोकेको पाइन्छ।यो अभियानमा साधारण साइकल चलाउने जमातहरु देखि सबै खाले साइकल चलाउने सकारात्मक सोच भएका राइडर्सहरु जोडिएका छन।
बाग्मती प्रदेशका सभासद बिजय सुवेदी भन्नुहुन्छ यो अभियानले “समृद्ध नेपाल सुखी नेपालिको ” लक्षलाई टेवा दिएको र अभियानको लागि सधै आफ्नो साथ र सहयोग रहेको बताउनु हुन्छ।




