चितवन। चितवन जिल्ला भित्र र वाहिर कोभिड १९ को सक्रमण वढदै समुदाय हुदै घर सम्म पुगेको अवस्थामा सक्रमण लाई रोकथाम र नियन्त्रण गर्न जिल्ला प्रसासन कार्यालय चितवनद्धारा २०७७।४।३२ गते राती देखि हालसम्म निषेधआज्ञा जारी राखिएको छ । यस निषेधआज्ञाको दिन लम्वाउदै गर्दा कोरोना नियन्त्रण र रोकथाम कोलागि गरिने योजना र व्यवस्थापनको पाटो पनि सगसगै उठेको छ । हालसम्म नेपालमा सक्रमितको सख्या ४०५२३ जना¸ निको भएका सख्या २२१७८ जना¸ मृत्युहुनेको सख्या २३९ जना छन भने नेपालको सवै (७७) जिल्लामा नै सक्रमित भएको तथ्याङ्क देखिन्छ ।
त्यस मध्ये चितवन जिल्ला १७औ स्थानमा छ जस्मा सक्रमितको सख्या ७९६ जना छन भने निको भएका २१७ जना मृत्यु सख्या ९ जना छन । (भरतपुर महानगरपालिकामा मात्र सक्रमितको सख्या ४९८ निको भएका १५४ र ११३ जना स्वास्थ्यकर्मीहरुलाई कोरोना सक्रमण देखिएको छ ।) २७औ स्थानमा मकवानपुर जिल्ला मा सक्रमितको सख्या ५०७ जना निको भएका १६५ जना मृत्यु सख्या ५ जना छन । २९ औ स्थानमा नवलपुर पुर्व जिल्ला सक्रमितको सख्या ४९५ जना निको भएका ३३८ जना मृत्यु सख्या ० जना छन । गोर्खा जिल्ला सक्रमितको सख्या १८३ जना निको भएका १२५ जना मृत्यु सख्या ३ जना छन । दोश्रो जिल्ला पर्सामा सक्रमितको सख्या २३४७ जना निको भएका ११०२ जना र मृत्यु सख्या ३८ छ । यी चितवन वाट उपचार प्राप्त गर्ने जिल्लाहरु हुन ।
त्यसैले चितवन जिल्लाको भरतपुर मेडिकल सिटिको उपनामले परिभाषित गरिन्थ्यो । तर नवलपुर कावासोती ३ का होमवहादुर गुरुङ्गले स्थानीय कालीगण्डकी अस्पतालवाट सुविधा सम्पन्न अस्पताल भरतपुरमा वेलैमा पुर्याउन सके विरामीलाई वचाउन सकिने विश्वासले एम्वुलेन्समा राखेर ५ घण्टा सम्म ।
१.चितवन मेडिकल कलेज : आइसियु भरिएको
२. नारायणि सामुदायिक अस्पताल : गेट वन्द स्वास्थ्यकर्मी र चिकित्सिक आइसोलेसनमा वसेकाले उपचार हुन नसक्ने ।
३.मनकामना अस्पताल : त्यसमा उपचार नहुने ।
४.पुरानो मेडीकल कलेज : विरामी हेर्न मानेनन आइसियु भेन्टिलेटर खाली छैन ।
पुन: चितवन मेडीकल कलेज लगि हार गुहार गरियो, तर आइसियु खाली नभएकोले अन्यत्र लैजान भनियो । त्यसपछि भरतपुर सरकारी अस्पतालको आकस्मिक कक्षमा पुराइयो । तर त्यहाँ पनि उपचार हुन सकेन । त्यसपछि प्रहरी प्रशासन गुहारे । अनि एकजना चिकित्सिक आइ सुविधा सम्पन्न अस्पताल लैजान आग्रह गरियो ।
उनीहरु अति अत्यलिदै तेश्रो पटक चितवन मेडिकल कलेज लगे विरामीका आफन्तहरुले हारगुहार गरे पछि कर्मचारी आएर ज्वरो नाप्दा १०५ डीग्री भनियो । विरामी ल्याएको स्ट्रेचर भित्र फिर्ता लगे । त्यसपछि विरामीका आफन्तहरुले अस्पतालमा रुवावासी चल्यो । वल्ल डाक्टर आएर विरामी भित्र लगे । केही वेरमा भेन्टिलेटरको जोहो गरेर विरामी राखियो । तर त्यसको केही समयमा विरामीको मृत्युको घोषणा गरियो । (स्रोत सेतोपाटी अनलाइन)
यसरी चितवनको एक मात्र सरकारी अस्पताल कोरोनाका विरामीले भरिएका छन । त्यहाँ अन्य विरामीले उपचार गर्न डराउनु पर्ने, स्थान नहुने, निजी अस्पतालहरुले विरामीको उपचार गराउन डराउने, विरामी उपचार नपाएर मर्नुपर्ने ! यस्तो अवस्थामा विरामीको उपचारको प्रवन्ध कहाँ गर्ने ? सरकारको योजना खै ? मात्र निषेधाज्ञा लम्वाएर मात्र होला र ? रोग ले भन्दा भोक र शोकले मानिस मर्ने योजनाको शुत्र निषेधाज्ञा नवनोस ।
आजका दिन सम्म अस्पताल चाहर्दा- चाहर्दै ३ जना विरामीको मृत्यु भएको घटनाले भरतपुरलाई मेडिकल सिटिको उपाधी गह्रुङ्गो र उपहास भएको देखियो । मन पोल्यो¸ मन चिस्सियो¸ कोरोना वाट वा अन्य कारणले विरामी भए भरतपुरका अस्पतालमा ल्याउनु भनेर आफ्ना वन्धु वान्धवलाइ भन्न नसक्दा साह्रै मन खिन्न र आत्तिएको महसुस भएको छ ।
सघिय¸प्रदेश र स्थानीय सरकार नेपाली जनता प्रति जत्ति जिम्मेवार र गम्भिर वन्नु पर्ने हो त्यो वनेको पाइएन । उपचार पाउने नैसर्गिक अधिकारको प्रत्याभुति खै भएको ? पिडित परिवारको एक सदस्य भएर सोच्दा यस्ता घटना के हल्ला र कपोलकल्पित थिए र ?
मानविय संवेदनशिलता हराएर गएको हो त ? यस विषयमा स्थानीय सरकारले यस्ता घटनाको विषयमा पुन नदोर्याउने प्रतिवद्धताको लागि समय र कलम र मसी सम्म खर्च गर्न नसक्नु दुखद विषय हो । वरु स्थानीय प्रशासनले लाज पचाउन सुचना सम्म निकाल्ने आँट निकाल्यो धन्य छ । यस विषयमा स्थानीय सरकारले भोकवाट¸रोगवाट¸कोही वन्चित नहुन भन्ने अनुभुति दिलाउन किन नसकेको ? सरकारको उपस्थिति कतिवेला चाहिने हो ? चुनावको वेलामा मात्र हो र भोट ? यो दुखद घटना ले एक सामाजिक अगुवा भन्न पनि लाज लागेको छ ।
यतिवेला कोरोनाले त्रसित मन र समाज यी उल्लेखित घटना र समाचारले अझ विचलित वनेको अवस्थामा विरामीको सहजरुपले उपचार पाउने व्यवस्था र प्रवन्धको लागि सवै सरोकारवालाहरु मेडिकल सन्चालक¸स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको मनोवल उच्च राख्न सवैको साझा प्रयत्न हुनु जरुरी छ । यसका लागि स्थानीय सरकार र सवै राजनैतिक पार्टिहरुको सामुहिक प्रयत्न मार्फत निषेधआज्ञाको पालना गरेर सकटको घडिलाइ धकेली रहेका चितवन र छिमेकी जिल्लाका नागरिकलाई आत्मवल उच्चपारी कोरोनासग लड्ने तागत र साहस जुटाउनु हामी सवैको दायित्य हो ।
रोग ले भन्दा भोकले मर्ने वेला भैसकेको अनुभुति सवैमा भएको छ । नागरिकहरुले सरकार विहिनताको महशुस गर्न नदिन सरकार भोका नाङ्गा जनताका लाग, दिन दुखिका लागि, शोक र तापमा छटपटीएकाका लागि अनुभुति गराउन सकिएन भने निषेधाज्ञाको लम्वाइएको आयुले मानिसको आयु घटाउन सहयोगी बन्नेछ ।
अन्तमा स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएका विरामीको परिचय लुकाउनु पर्ने र रिपोर्ट सार्वजनिक गर्ने व्यवस्था गर्न नमिल्ने हो र ? जय नेपाल




