सर्लाही । सर्लाहीको इश्वरपुर –८ निवासी एक दलित परिवारको घर निर्माण तथा पालन पोषणको जिम्मेवारी रोजित केसीले पीडीतको मलम बनेर पूगेका छन् ।
सर्लाही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसीले आमा–बाबुको अभिभावकत्वबाट विमूख भएको स्थानीय मिजार परिवारका पाँच दाजुभाइ–दिदीबहिनीका लागि इश्वरपुरमा घर बनाइदिएका हुन् ।
फौजदारी कसुरमा जेल परेका बाबु र दोस्रो बिबाह गरि गएकी आमाबाट छुट्टीएपछि सहाराविहीन भएका मनिष मिजार, खुसी मिजार, मोनिका मिजार, मन्दीप मिजार र सन्दीप मिजार वालवालिकाका बुवा जेलमा तथा आमा अर्कै पुरुषसँग बिहे गरेर गएपछि असहाय बनेका उनीहरु वृद्ध हजुरआमाको सहारामा कष्टकर जीवन यापन गरिरहेका थिए । मिजार परिवारको दूरावस्थाबाट भावुक भएर घर निर्माण गरिदिएका केसीले समाजसेवी सर्मिला थापाको हातबाट बालबालिकालाई घर हस्तान्तरण गराएका छन् ।
गरिबीकै कारण बस्ने राम्रो घर नभएको र चुहिने छानो भएको घरमा सुत्न, बस्नसमेत ढुक्कले राम्ररी नपाइरहेको बेला यूवा समाजसेबि केसिले घर निर्माण गरिदिएर गरिबहरुलाई राहत प्रदान गरेको मिजार परिवार बताएका छन । पीडादायी अवस्था देखेर समाजसेवी रोजित केसीले मानवताको उदाहरण प्रस्तुत गर्दै नयाँ घर निर्माण गरिदिएका हुन ।
“हाम्रो लागि उहा भगवान नै भयको आभास भएको छ, घर निर्माण गरिदिएर हाम्रा निम्ति ठूलो राहत प्रदान गरेको मिजार परिवारको भनाइ छ ।”
घर हस्तान्तरण कार्यक्रममा मिजार बालबालिकाहरुको उज्ज्वल भविश्य निर्माणका लागि शिक्षा, पालनपोषण लयागतको व्यवस्थापनमा पनि साथ दिने जिल्ला खेलकुद विकास समिति सर्लाहीका अध्यक्ष तथा फुटबलका पुर्व राष्ट्रिय खेलाडी रोजित केसीले लिएका छन ।
लामो समय राष्ट्रिय फुटबल टिममा रहेका उर्जावान खेलाडी केसी पछिल्लो समय सामाजिक कार्य सँगै राजनितीमा सकृय छन् । नेपाली कांग्रेस इश्वरपुर –८, का सभापती समेत रहेका उनी युवा तथा खेलकुद प्रेमीमाझ लोकप्रिय मानिन्छन ।





